काठमाडौँ । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले गए राति २:५० बजे खोटाङ, साकेला गाउँपालिका९१ का शिवकुमार बिकलाई पेस्तोल र रु. चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जनाएको छ ।
खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए ।
‘विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शंकाका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान९१, नगद र मोबाइल फोन पनि बरामद भएको छ ।’
विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।







