२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेनजी आन्दोलनमा युवाहरूले ज्यान गुमाएको पिडा बोकेर टीका लगाउन सकिएन’ : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान जोगाउन नसकेको र देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर तिहार मनाउन नसकेको भन्दै शुभचिन्तकसँग माफी मागेका छन् ।

सामाजिक सञ्जालमार्फत शर्माले आफूलाई निरन्तर टेलिफोनमा देउसी, भैलो, भाइटिकाबारे प्रश्न आइरहेको भए पनि तिहार मनाउन नसकेको उल्लेख गरेका छन् ।

‘केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु-यसपालि देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौँ, क्षमा पाउँ,’ महामन्त्री शर्माले भनेका छन्, ‘दशैंको टीका र तिहारको भाइटिका लगाइएन यसपालि । भदौ २३ को  प्रदर्शनमा त्यतिका अमूल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन ।’

उनले यसअघिका वर्षमा झापाको मेचिनगरस्थित धुलाबारीको आँगनमा खेल्ने गरिएको देउसी स्मरण गरे । तर, यो पटक भने आफ्नै मनले त्यस्तो गर्न नमानेको अनुभूति उनले स्मरण गरेका छन् ।

‘तर यसपालि मनले त्यो मागेन, मानेन, खोजेन,’ उनले भनेका छन्, ‘आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन ।’

उनले थप अपेक्षा राख्दै भनेका छन्, ‘हामी सबै बदलिनेछौँ र समाज बदल्नेछौँ । बदलाको भाव, वैरभाव कसैप्रति पनि नराखौँ । यही नै हाम्रा धर्मशास्त्रहरूको पनि सार हो ।’