२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर खड्काले भने : ‘जनताले काँग्रेसबाट अझै अपेक्षा गरेका छन्, हाम्रा कमजोरी स्वीकार्छौं’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् ।

तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए ।

जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अझै एकताबद्ध भएर अघि बढ्न सन्देश दिएको उनले बताए ।

‘नेपाली काँग्रेस आफ्ना बीचमा भएका समस्यालाई समाधान गर्दै, कतिपय विषयलाई थाती राख्दै बृहत् एकताबद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, राष्ट्रले विगतको इतिहासको कालखण्डजस्तै नेपाली काँग्रेसबाट अपेक्षा गरेको छ, आशा गरेको छ,’ खड्काले भने, ‘हाम्रा विगतमा भएका कमीकमजोरीलाई स्वीकार्छौं भन्दै नेपाली काँग्रेस संविधान र परिवर्तनको रक्षाका लागि, अधिकारलाई रक्षा गर्ने कुरालाई शिरमा राखेर हामी एकताबद्ध भएर अघि बढ्छौँ ।’

तरुण दलको स्थापना दिवस मनाउँदै गर्दा अझै धैर्य र संयम भएर जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्ने बताए ।

‘आज हामी तरुण दलको स्थापना दिवस मनाउँदै छौँ । यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु, अत्यन्तै जुझारुपनका साथ तर अनुशासित भएर, धैर्यता, संयमता र जिम्मेवारी बोधका साथ देशको रक्षाका लागि एकताबद्ध हुन्छ । तरुणले आफूलाई तिखार्नुछ,’ उनले भने ।

उनले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य निरन्तर सुधार हुँदै गएको जानकारी गराए ।

‘सभापतिज्यूले केन्द्रीय समितिको पहिलो बैठकमा आएर हामी सबैलाई, शुभेच्छुकहरूलाई प्रेरित गर्दै आफू आक्रमणको अवस्थाबाट उपचार गरिरहेको बेलामा अदम्य साहससहित जलेको पार्टी कार्यालयमा भएको बैठकमा आएर पार्टीको जिम्मेवारीमा रहेकालाई सन्देश दिनुभएको छ,’ खड्काले भने, ‘त्यो सन्देशले नेपाली काँग्रेसलाई ऊर्जा, हौसला दिएको छ ।’