२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपालाई मूलधारको पार्टी बनाउन जेनजी अगुवा, कुलमान, नयाँ शक्तिसँग वार्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले रास्वपालाई मूलधारको पहिलो शक्ति बनाउन जेनजी अगुवा, कुलमान घिसिङलगायत नयाँ शक्ति र समूहलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद र छलफल भइरहेको र वार्ता एकदमै सकारात्मक रहेको बताएका छन् ।

आज भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले यसको कुनै टुंगो नलागेकाले यसबारे सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको दाबी गरेका छन् ।

उनले मुलुकलाई सही निकास दिन चुनावबाहेक अरू विकल्प नभएको बताउँदै सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने जनाएका छन् । ‘अब निर्वाचनको कुनै विकल्प छैन, रास्वपा चुनावमा केन्द्रित भइसक्यो, कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं,पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तयारको काम भइरहेको छ, अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नु पर्छ, अरू कुनै विकल्प छैन’ उनले भने ।

अन्तरिम सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु भएको बताउँदै उनले चुनाव गराउन नसके राज्य असफल हुने विषय सबैले बुझ्नुपर्ने बताए ।

निर्वाचन आयोगले आह्वान गरेअनुसार मतदाता परिचयपत्र बनाउन रास्वपाले ७७ वटै जिल्लामा पार्टीका सबै संरचनालाई कात्तिक २५ सम्म सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिइसकेको उनको भनाइ थियो ।

भदौ २३ को घटनाका दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्ने बताउँदै नेता अर्यालले भदौ २३ गते सरकारले जेनजी आन्दोलनमाथि दमन र हत्या गरेको र २४ गतेको घटना विध्वंस भएको तर्क गरेका छन् । उनले यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले नपुगे त्यसलाई थप विस्तार र बलियो बनाउनुपर्ने सुझाएका छन् ।