२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा वर्षा-हिमपातको उच्च जोखिम: पदयात्रा र हिमाल आरोहणमा पूर्ण सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

अ+ अ-

मनाङ । गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र भारी हिमपातको सम्भावनाका कारण मनाङ जिल्लामा पदयात्रा तथा हिमाल आरोहण गर्ने पर्यटक र स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार कार्त्तिक १० गतेदेखि १२ गते बिहानसम्म उक्त क्षेत्रमा वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। यस जोखिमलाई न्यूनीकरण गर्न जिल्ला सुरक्षा समितिले तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्‍यालले जारी गरेको अत्यन्त जरुरी सूचनामा थोराङ्ला पास, लार्के पास, काङ्ला पास, तिलिचो, लमजुङ हिमाललगायतका पदयात्रा मार्गहरू तथा हिमलुङ हिमाल र लमजुङ हिमाललगायतका आरोहण स्थलहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनुरोध गरिएको छ। 

‘सम्भावित विपद्लाई मध्यनजर गर्दै यात्रा योजना बनाउनुहोस्। हतारो नगरी मौसमको अपडेट लिनुहोस्,’ सूचनामा उल्लेख छ।

जिल्ला प्रशासनले माथिल्लो मनाङमा विपद् पूर्वतयारी तथा उद्धारका लागि थप जनशक्ति, उद्धार उपकरण, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरू परिचालन गरेको छ। 

यसबाहेक, पदयात्रा प्रारम्भ गर्नुअघि वा यात्राका क्रममा कुनै विपद्जन्य घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकायमार्फत तुरुन्त जानकारी गराउन भनिएको छ । जसका लागि नेपाली सेना: ०६६–४४०२२२/९८६८०३०१८१, नेपाल प्रहरी: १००/९८५६०४९२९९ र सशस्त्र प्रहरी बल, नेपाल: ९८५१२७२५१९ रहेको छ ।