२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रि बस झापामा दुर्घटना हुँदा १९ जना घाइते

अ+ अ-

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रि बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१-०१-००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको छ भने बाँकी छ जना यात्रु सकुशल रूपमा आआफ्नो गन्तव्यतर्फ गएका छन् । पच्चीस जना यात्रु सवार बस घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा अवरोध नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक झापा मेचीनगर-६ का ३९ वर्षीय राजु भुजेल सहित झापा गाउँपालिका-३ का १७ वर्षीया इक्षा लिम्बू, कचनकवल-४ का २० वर्षीय रविलाल गणेश, कचनकवल-४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड-१० की ३६ वर्षीया सुमित्रा खड्का कार्की र उनको छोरा नौ वर्षीय एलोन घाइते भएका छन् ।

त्यस्तै, रामेछाप मन्थली-१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी रामेछाप मन्थली-९ का ३५ वर्षीय भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी-३ का ६५ वर्षीया मिटु खत्री, दोलखा बैनेश्वर-३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ, दोलखा तामाकोसी-३ का २८ वर्षीय कुमार बस्याल घाइते भएका छन् ।

त्यसै गरी, झापा कचनकवल-६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनको छोरा नौ वर्षीय रिदम, बिर्तामोड-५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शीतल नेपाली, बाह्रदशी-५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका-२ का १८ वर्षीय श्यामलाल किस्कु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको छ ।

बस अनियन्त्रित भई पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।