२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजको दिन ऐतिहासिक र विशेष साबित हुने ‘प्रकाण्ड’को दाबी

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन साबित हुने दाबी गरेका छन् ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले (कम्युनिस्ट पार्टी नेपाल) नामक दल दर्ताका लागि निवेदन दिएका छन् । पहिलो पटक संसदीय प्रणालीमा भाग लिएको दिन भएकाले आजको दिनलाई ऐतिहासिक भएको उनको प्रस्टोक्ति थियो ।

‘आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन साबित हुँदैछ,’ ‘प्रकाण्ड’ले भनेका छन्, ‘निर्वाचन सहभागी हुने पहिलो दलको अभ्यास हाम्रो पार्टीको विधानमा नयाँ छ । त्यसकारण मैले यहाँ सबैको बीचमा यो दिन ऐतिहासिक हुनेछ भनेको हुँ ।’

झण्डै ११ वर्षदेखि आफ्नो पार्टी देश र जनताको पक्षमा काम गरिरहेको जिकिर गर्दै ‘प्रकाण्ड’ले जनताको चाहनालाई कुनै अवरोध विना फैसला गर्न पाउने विधि भनेको निर्वाचन नै रहेको बताए ।

‘नेपालको राजनीतिक आन्दोलनमा, परिवर्तनको आन्दोलनमा, क्रान्तिको आन्दोलनमा नयाँ दृष्टिकोणसहित नयाँ नीति अघि सारेर हामीले जनताको आफैँ अधिकारको कुरा, जनताको मुद्दाको कुरा, सिस्टमको कुरा, चाहनाको कुरालाई आफैँ फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि र त्यो विधिमा जनतालाई अवरोधबिना फैसला गर्न पाउने विधि भनेको निर्वाचनको विधि हो,’ ‘प्रकाण्ड’ले भने, ‘हाम्रा विगतका आफ्ना अनुभव नयाँ पनि छन् । अहिलेको आवश्यकतालाई नीतिलाई जनताको माग अनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्नेछ ।’