२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइक्रो बस दुर्घटना अपडेट : एक जनाको मृत्यु

अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङ रहेकी छन् । दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी ती महिलाको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।   

चितवनबाट लमजुङतर्फ जाँदै गरेको  बा.प्र.०३–००१ ज ०९३७ नम्बरको माइक्रो बसमा १४ जना सवार थिए । बसका चालकले नियन्त्रण गुमाई सडक छेउको भित्तामा ठक्कर खाई सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको सवारी साधनको पछाडि ठोकिन जाँदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनामा परी माइक्रो चालक लमजुङ बेँसीशहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, सोही स्थान निवासी ३७ वर्षीय डोलराज तामाङ, सोही नगरपालिका–२८ लोखरी बस्ने ४८ वर्षीय कमई तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ४१ वर्षीया गममाया तामाङ, ३० वर्षीया मङ्गली तामाङ र निजकी छोरी ५ वर्षीया सिर्जना तामाङ घाइते भएका छन् ।

त्यसैगरी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, सोही गाउँपालिका–८ बस्ने ६३ वर्षीया मैतीमाया तामाङ र जिल्ला नवलपरासी पूर्व देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ घाइते भएका हुन् । सबै घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।