काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ २४ गते भएको प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १८ जनालाई पक्राउ गरेको छ ।
कास्की प्रहरीले आज पत्रकार सम्मेलन गर्दै हालसम्म १८ जनालाई पक्राउ गरिएको जनाएको हो ।
पक्राउ परेकामध्ये १० जनालाई जिल्ला अदालत कास्कीबाट अपराधिक उपद्रव सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । ती १० जना कास्की प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न हुनेहरू छन् ।
प्रहरीका अनुसार पक्राउ परेका ८ जना धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा हुनेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा गई प्रहरीको पोसाक दुरुपयोग गर्ने र हुलहुज्जत गर्ने रहेको बताइएको छ ।







