काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बुधवार ०.७५ अंकले घटेको छ । आजको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले घटेर २५७०.५८ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आजको प्रि-ओपन सेसनमा २० कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । आजको प्रि-ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.२७ अंकले बढेर ४४९.२५ विन्दुमा पुगेको छ ।
आजको प्रि-ओपन सेसनमा २२ लाख बढीको कारोबार भएको छ । प्रि-ओपन सेसनमा ३६ कम्पनीका ४ हजार १७७ कित्ता सेयर ५८ पटक खरिद बिक्री हुँदा २२ लाख ९३ हजार ७० रुपैयाँको कारोबार भएको छ ।







