२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झलनाथ खनालले भने : ‘एमालेबाट विद्रोह गर्नुको औचित्यको पुष्टि नहुँदै माओवादीसँग एकतामा जान सकिँदैन’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य बैठकले पुष्टि गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकी माओवादीसँग एकताको कुरा गर्न उपयुक्त नहुने उनको भनाइ छ ।

खनालले भने, ‘हामीले विद्रोह किन र के कारणले गरियो भन्ने कुरा खोज्नुपर्छ । अहिले पनि सबै वामपन्थी एकताबद्ध हुनुपर्छ भन्नेमा छु । दुईटा वामपन्थी मात्रै एक भएर हुँदैन । अहिले कार्यगत एकता गर्नुपर्छ । विचार, सिद्धान्त, नीति कार्यक्रम र संगठनमा एकरूपता भयो भने मात्रै एकता हुन्छ ।’

उनले पार्टी एकता भनेको कुनै खेलाँची विषय नभएको तर्क गरे । कार्यगत एकताका लागि आफूहरू सबै वामपन्थी पार्टीहरूसँग खुला रहेको बताए । एमालेबाट विद्रोह गरेको चार वर्षसम्ममा पनि नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको उनको आरोप छ ।