२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हतियार लुट्नेलाई कारवाहीका लागि अध्यादेशबाट कानुन ल्याउन भनेका छौँ’ : गौरीबहादुर कार्की

अ+ अ-

काठमाडौँ। जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन् ।

आयोगद्वारा आज यहाँस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा अध्यक्ष कार्कीले हातहतियार लुटपाट गर्ने र कारागारबाट भागेका कैदीबन्दीलाई कारबाही गर्न भने सरकारले अध्यादेशमार्फत कानुन बनाउनुपर्नेमा जोड दिए ।

‘सरकारी हातहतियार लुटेका लुटेरालाई विद्यमान कानुनले कारबाही गर्न केही अप्ठेरो रहेछ,’ उनले भने, ‘त्यसैले आयोगले उनीहरूलाई आवश्यक कानुनी कारबाही गर्न अध्यादेशमार्फत कानुन ल्याउन अनुरोध गरेका छौँ ।’

अध्यक्ष कार्कीले आयोगले कार्यादेश अनुसार निर्धारित समयमै कार्यसम्पादन गर्ने स्पष्ट पारे ।

आयोगको टोलीले अहिले जिल्ला–जिल्लामा पुगेर क्षति भएका संरचनाको स्थलगत अनुगमन तथा छलफल गरिरहेको जानकारी उनले दिए । उनले भदौ २३ गतेको घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिकाका विषयमा पनि आवश्यक कागजात माग्ने र अनुसन्धान भइरहेको बताए ।

पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आयोगले सत्यतथ्य छानबिन गरेर राष्ट्रसामु बाहिर ल्याउने जिम्मेवारी पूरा गर्न अनुरोध गरे । ‘तपाईँहरूमाथि गहन जिम्मेवारी छ । सत्यतथ्य छानबिन गरेर सही र यथार्थपरक प्रतिवेदन प्रस्तुत गर्न अनुरोध गर्दछु,’ उनले भने ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जेनजीको आवरणमा आगजनी गर्नेलाई अनुसन्धान गरेर कानुनी कठघरामा ल्याउन माग गरे  । ‘पर्सामा आन्दोलनकारीको सङ्ख्या कम हुँदाहुँदै पनि व्यक्तिगत तथा सरकारी सम्पत्तिको रक्षा गर्न सकेनौँ,’ उनले भने , ‘आन्दोलनको नाममा अराजक गतिविधि गरेर व्यक्तिगत, सार्वजनिक सम्पत्ति लुटपाट र आगजनी गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पर्सा अध्यक्ष डा. विश्वेश्वरप्रसाद शर्माले व्यक्तिगत र सार्वजनिक सम्पत्ति लुटपाट र आगजनी गर्ने जुनसुकै पार्टीमा आबद्ध भए पनि कारबाही गर्न अनुरोध गरेका छन् ।