२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी दक्षिण कोरियामा भेट्दै

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै छ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार बिहीबार कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सीबीच भेट हुनेछ । यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सीबीचको भेट समय तय भएको पुष्टि गरेको छ । भेट दक्षिण कोरियाको बुसान सहरमा हुनेछ ।

चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ ।

ट्रम्प र सीबीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो ।

सात दिने एसिया भ्रमणमा रहेका ट्रम्पले समकक्षी सी सँगको भेटअघि आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘खर्बौँ डलर लिएर अमेरिका फर्किँदै छु । एक फलदायी यात्रा । निकै स्मार्ट, प्रतिभा वान र शानदार नेताहरूसँगको भेट । भोलि चीनका राष्ट्रपति सी सँग भेट हुनेछ । हामी दुवैका लागि यो निकै सानदार भेटवार्ता हुनेछ ।’

राष्ट्रपति ट्रम्पले मंगलबार दक्षिण कोरियाका राष्ट्रपतिका तर्फबाट आयोजित भोजमा भाग लिएका थिए । भेटमा दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युंगले राष्ट्रपति ट्रम्पलाई सुनको विशेष ताज उपहार दिए ।

ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा आजदेखि सुरु भएको एसिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।