२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका-५ गोलढुंगा फूलबारी गेट नजिक धारिलो हतियार देखाइ लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुर भीमफेदी गाउँपालिका-५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका-१० घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गए राति तारकेश्वर-५ गोलढुंगा फूलबारी गेट नजिक गोकणेश्वर नगरपालिका-५ बस्ने १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा प०२-०५० प १६०२ नम्बरको मोटरसाइकल रोकेर बसिरहेको बेलामा बा ४२ प ४०६९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाले धारिलो हतियार देखाइ निजसँग रहेको कालो रङको झोला लुटेर फरार रहको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरी वृत्त बालाजु कार्यालयबाट पीडितसँग समन्वयमार्फत मातहतमा चेकजाँच खडा गरी पीडितले दिएको हुलियाका आधारमा अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट जाँचमा खटिएका प्रहरी वरिष्ठ हवल्दार जीवन बुढाथोकी र प्रहरी सहायक हवल्दार कृष्णबहादुर बस्नेतले लुटिएको झोलासहित सामान र लुटपाटमा प्रयोग भएको मोटरसाइकल र निजहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट बा प्र ०२-०५० प १६०२ नम्बरको बिलबुक, मोबाइलको चार्जर, घरको चाबी, रोलेक्स लेखेको घडी एक थान, नगद रु. तीन हजार, खुकुरी एक थान, रेड्मी कम्पनीको मोबाइल एक थान, बोबो लेखिएको कालो रङको झोला एक थान, ट्रमाडोल लेखिएको लागुऔषध ३० थान, बा ४२ प ४०६९ नम्बरको रातो कालो मोटरसाइकल बरामद गरेको जनाएको छ ।

उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरी वृत्त बालाजुमा राखी सोधपुछ थालिएको बताउँदै घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिए ।