२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

अ+ अ-

एएफपी । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार दक्षिण कोरियाको बुसानमा भएको भेटवार्तापछि चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले सो जानकारी दिएको हो ।

 सन् २०१९ पछि पहिलो पटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चल्दै आएको व्यापारिक तनाव अन्त्य गर्न सम्भावित सहमतिको संकेत देखिएको छ । 

 दुर्लभ खनिज पदार्थदेखि लिएर सोयाबिन र बन्दरगाह शुल्कसम्मका विषयमा चलेको व्यापारिक द्वन्द्वले विगत केही वर्षयता विश्व बजारमा ठूलो अस्थिरता ल्याएको र आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न गरेको थियो ।

 भेटवार्तामा राष्ट्रपति सी जिनपिङले दुई देशबीच ‘क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सकारात्मक अन्तरक्रिया हुन आवश्यक’ रहेको बताएका छन् उनले दुवै पक्षका वार्ता टोलीहरूले ‘महत्त्वपूर्ण आर्थिक र व्यापारिक मुद्दाहरूमा गहिरो विचार–विमर्श गरी तिनको समाधानका लागि सहमति प्राप्त गरेको’ उल्लेख गरेको सिन्ह्वाको उद्धरणमा भनिएको छ ।

 यद्यपि, प्राप्त सहमतिका विशिष्ट विवरणहरू सार्वजनिक गरिएको छैन । राष्ट्रपति सीले भने, “दुवै पक्षका टोलीहरूले सकेसम्म चाँडो अनुगमन कार्यलाई परिष्कृत गरी अन्तिम रूप दिनुपर्छ । सहमतिलाई स्थायी र कार्यान्वयन योग्य बनाउँदै चीन, संयुक्त राज्य अमेरिका तथा विश्व अर्थतन्त्रमा स्थिरता ल्याउने ठोस नतिजा प्रस्तुत गर्नुपर्छ ।”

 राष्ट्रपति ट्रम्पसँगको यो भेटले अमेरिका-चीन व्यापार सम्बन्धमा नयाँ पाना पल्टाउने आशा गरिएको छ । यसको सकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा पनि पर्ने विश्वास गरिएको छ ।