२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यवाहक सभापति खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक जारी

अ+ अ-

काठमाडौँ । नियमित समयमै नियमित महाधिवेशनको दबाब बढिरहेका बेला नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्।

कार्यवाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। उनलाई संस्थापनका नेताहरूले बलियो साथ दिइरहेका छन्। यही कारण काँग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन।

महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए। तर, कार्यवाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन्।

त्यसपछि शुक्रबार बिहान बसेको संस्थापन इतर समूहको बैठकले आगामी १६ पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका तयार पार्न र आजकै केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको छ।

बैठकले कार्यतालिका पेश गर्नुअघि कार्यवाहक सभापतिसँग छलफल गर्ने जिम्मेवारी पनि दिएको थियो।