२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती अधिराजकुमार एन्ड्रयुको खोसियो ताज 

अ+ अ-

काठमाडौँ । बेलायतका अधिराजकुमार एन्ड्रयुले आफ्नो उपाधि गुमाएका छन् । राजा चार्ल्सका भाइ एन्ड्रयुलाई अब एन्ड्रयु माउन्टबेटन विन्डसर नामले सम्बोधन गरिने बिहीबार राति बकिङह्याम दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुख्यात बाल यौन दुराचारी जेफ्री इप्स्टेनसँगको सम्बन्धलाई लिएर उनी विवादमा तानिएका थिए । यस विषयमा हप्तौंदेखि अनुसन्धान चलिरहेको छ । चार्ल्सले अब बेलायती राजकुमारका रूपमा उपभोग गरिरहेका विन्डसर म्यान्सन रोयल लज पनि त्याग्नेछन् ।

राजकुमारका रूपमा पाएको ‘डुक अफ योर्क’ उपाधिसहित अन्य शाही उपाधि उनले अघिल्लो महिना नै त्यागिसकेका छन् । मरणोपरान्त प्रकाशित अधिवक्ता भर्जिनिया लुईस जुफ्रेको संस्मरणमा राजकुमार एन्ड्रयुसँग तीनपटक यौन सम्बन्ध कायम रहेको उल्लेख छ । आफूमाथि किशोरावस्थामा एन्ड्रयुले जबर्जस्ती गरेको उनको आरोप छ ।

यौन दुराचारी तथा मानव तस्करविरुद्ध कानुन लडाइँ सञ्चालन गरिरहेकी यी अभिवक्ताको ४१ वर्षको उमेरमा गत अप्रिलमा निधन भएको थियो । उनको आत्मवृत्तान्त गत महिना मात्रै प्रकाशित भएको हो । कुख्यात दुराचारी जेफ्रे इप्स्टेनलाई कानुनी दायरामा ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।