२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी

अ+ अ-

दोधारा चाँदनी(कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले व्यावसायिक भटमास खेती गर्न थालेको तीन वर्ष भयो ।

मलखाद र सिँचाइको समस्या झेल्दै आएका उनले सुरुआतमा पाँच कठ्ठा क्षेत्रफलमा सो खेती गरेका थिए । अन्य खेतीको तुलनामा भटमासबाट तीन गुणा बढी फाइदा हुनथालेपछि उनले भटमास खेती विस्तार गर्दै डेढ विघा जग्गामा खेती गरेका छन् । “भटमास खेतीमा थोरै मेहनत र लगानीमा वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ ।”उनले भने, “अन्य बाली सस्तोमा बिक्री हुन्छ भटमास बिक्री गर्दा राम्रो मूल्य पाइन्छ ।” 

उनले कम लगानीमा धेरै आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान भटमास खेतीमा लागेको बताए । “यहाँ भटमास खेती गर्नेको सङ्ख्या बढ्दै छन धान गहुँमा लगानी बढी हुन्छ मूल्य पाइँदैन ।” उनले भने, “अहिले अधिकांह किसानले परिवारलाई खान पुग्नेगरि मात्रै धान गहुँ खेती गर्छन् बाँकि जग्गामा भटमास खेती गछौँ ।”

दोधारा चाँदनीका किसान चार/पाँच वर्ष यता परम्परागत बाली लगाउन छोडेर भटमास खेतीमा लागेका छन् । मलखाद र सिँचाइको समस्या झेल्दै आएका यहाँ किसान थोरै परिश्रम र लगानीमा राम्रो आम्दानी हुने भएपछि भटमास खेतीमा आकर्षित भएका छन् । “धान र गहुँ खेतीमा किसानको मेहनत मात्रै हो फाइदा बिचौलियाले लिन्छन् ।” दोधारा चाँदनी–९ का जगत बुढाले भने, “हामीलाई मेहनतअनुसारको मूल्य नआउने भएपछि विकल्पको रूपमा भटमास खेतीमा लागेका हौँ ।” उनले भटमासमा किसानले रोजेको मूल्य पाइने बताए । उनले गत वर्ष ८५ रुपैयाँ प्रतिकिलो भटमास बिक्री गरेको बताए । “भटमास खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ ।” उनले भने, “एक विघा जग्गामा भटमास खेती गरेको छु अर्को वर्षदेखि विस्तार गर्ने योजनामा छु ।” 

उनले किसानले उत्पादन गर्ने भटमास कुखुराको दाना उत्पादनका लागि व्यापारी घरमै आएर लग्ने भएकाले बिक्रीका लागि समेत पनि समस्या नभएको बताए ।  परम्परागत धान गहुँ खेतीभन्दा भटमासमा कम लागतमा मुनाफा बढी हुने गरेको उनको भनाइ छ । 

दोधरा चाँदनीमा तीन हजार ६०० हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये एकसय हेक्टर क्षेत्रफलमा भटमास खेती हुँदै आएको दोधारा चाँदनी नगरपालिकाका कृषि अधिकृत कमलापति भट्टले बताए। “यहाँको माटो भटमासका लागि उपयुक्त छ अन्य बालिभन्दा भटमास धेरै फल्छ ।” कृषि अधिकृत भट्टले भने, “पछिल्लो समय भटमास खेती गर्ने किसान बढ्दैछन ।” उनका अनुसार गत वर्ष प्रदेश सरकारबाट भटमास खेती गर्ने किसानका लागि अनुदमनसमेत आएको थियो । “प्रदेशले २५ हेक्टरका लागि मात्रै अनुदान दिएको थियो तर यहाँ किसान धेरै आएपछि हामीले ५८ हेक्टरमा अनुदान दियौँ ।” उनले भने, “पानी नजम्ने दोमट किसिमको माटो भएकाले यहाँ भटमास खेती फष्टाएको छ ।” 

भटमास खेती गर्ने किसानको सङ्ख्या बढेपछि अर्को वर्षदेखि किसान लक्षित कार्यक्रम ल्याउने योजना पालिकाको छ ।