२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेस्तोल लुटपाट तथा बिक्री वितरणमा संलग्न ५ जना पक्राउ

अ+ अ-

काठमाडौँ ।  गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँका विभिन्न स्थानबाट प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पेस्तोल लुटपाटमा संलग्न काठमाडौँ महानगरपालिका १५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ, हतियार खरिद तथा बिक्री वितरणमा संलग्न काठमाडौँ महानगरपालिका-१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, काठमाडौँ महानगरपालिका-१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने भारत मोतिहारी सितामणी घर भएका २४ वर्षीय अकबर खान, काठमाडौँ महानगरपालिका-१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौँ महानगरपालिका-३१ बानेश्वर घर भई काठमाडौँ महानगरपालिका-१७ क्षेत्र पाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद गरेको छ । उनीहरू उपर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।