२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आहुति नेतृत्वको कम्युनिस्ट पार्टीले दियो कार्की नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा

अ+ अ-

काठमाडौँ । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिएको छ ।

१२–१५ कात्तिकसम्म काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकपछि जारी गरिएको विज्ञप्तिमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले कार्की नेतृत्वको सरकारलाई यस्तो संज्ञा दिएको हो ।

‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन । बरु ‘जेनजी विद्रोहलाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो । तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

९ बुँदे निर्णय सार्वजनिक गर्दै सो पार्टीले जेनजी विद्रोहपछि उत्पन्न नेपाली समाजमा देखिएको राजनीतिक अन्तर्विरोध कुनै पनि खालको प्रतिगमन वा यथास्थितिबाट हल हुने सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

‘जेनजी विद्रोहले धुलिसात पारिसकेको दलाल संसदीय पुँजीवाद र फगत संसदीय निर्वाचनको यथास्थितिवादी प्रपञ्चमा मात्रै देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ विद्रोहका निम्ति सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील र जेन जेडहरूले अपिल र पहलकदमी लिनुपर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

जेनजी विद्रोहपछि वामपन्थी पार्टीहरूमा देखिएको विघटन, भाग दौड र हायलकायलको अवस्था वास्तवमा पुरानो कम्युनिस्ट आन्दोलनमा रहेको वैचारिक संकटको परिणाम भएको वैज्ञानिक समाजवादी पार्टीको निष्कर्ष छ ।

‘इतिहासमा असफल पार्टी, व्यक्ति र समूहहरूको गठजोडद्वारा नयाँ युगलाई हाँक्न सक्ने शक्तिको जन्म सम्भव छैन । अतः विभिन्न समूहहरूमा रहेका सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरूलाई नयाँ युगको क्रान्तिका निम्ति वैचारिक स्पष्टतासहित ध्रुवीकरणको नयाँ यात्राको संकल्प लिएर अघि बढ्न बैठकले विशेष अपिल गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।