काठमाडौँ । सरकार गठनपछिको समग्र कामको समीक्षा बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, मुख्यसचिव र सचिवहरूलाई सहभागी गराई आज बैठक बसिरहेको हो ।
सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ ।
आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्री कार्कीले निर्देशन दिने बताइएको छ ।







