२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली प्रहरीद्वारा युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौँ पक्राउ

अ+ अ-

एएफपी । इजरायली प्रहरीले देशको मुख्य मजदुर युनियनमा भएको शंकास्पद भ्रष्टाचारको अनुसन्धानको एक भागको रूपमा सोमबार दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको छ।

सन् १९२० मा बेलायती अनुमतिमा प्यालेस्टाइनमा स्थापना भएको हिस्टाड्रुट युनियनका आठ लाखभन्दा बढी सदस्य छन् र यसले इजरायली समाजमा महत्त्वपूर्ण भूमिका खेल्छ।

“आज बिहान, इजरायल प्रहरीको ‘लाहव ४३३ नेशनल फ्राएड इन्भेस्टिगेसन युनिट’का गुप्तचरहरूले घूसखोरी, धोखाधडी र विश्वासघात, सम्पत्ति शुद्धीकरण र कर छली गरेको आशंकामा दर्जनौँ संदिग्धहरूलाई पक्राउ गरी हिरासतमा लिएका छन्,” प्रहरीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।

“विगत दुई वर्षमा गरिएको गोप्य अनुसन्धानले आफ्नो हितलाई अगाडि बढाउन र वित्तीय लाभ कमाउनुको बदलामा व्यापारिक व्यक्तित्वहरूबाट घूस र लाभ लिएको शंका गरिएका हिस्टाड्रुटभित्रका वरिष्ठ अधिकारी, स्थानीय अधिकारी र सरकारी कम्पनी र कर्पोरेसनहरूमा ध्यान केन्द्रित गर्दछ,” विज्ञप्तिमा भनिएको छ। 

इजरायली मिडियाले हिस्टाड्रुटका अध्यक्ष अर्नोन बार–डेभिडलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको जनाएका छन् । सन् २०२३ मार्चमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि सरकारको नीतिको विरोध गर्दै बार–डेभिडले आम हड्तालको आह्वान गरेका थिए । 

पछि उनले गाजामा युद्धको क्रममा हडतालको चेतावनीलाई दोहोर्‍याको थियो र गाजामा राखिएका बन्धकहरूको रिहाइका लागि सरकारलाई सम्झौता गर्न माग गरेका थिए । हिस्टाड्रुटले एक जानकारीमा गिरफ्तारीको जवाफ दिँदै भनेको छ, “संगठन आफ्ना कर्मचारीहरू निर्दोष हुनेमा विश्वस्त छ।”

विज्ञप्तिमा भनिएको छ, “हामी अधिकारीहरूलाई सहयोग गरिरहेका छौँ । सार्वजनिक सेवामा हिस्टाड्रुटको गतिविधि सामान्य रूपमा जारी छ।” 

नेतान्याहूको लिकुड पार्टीका सदस्यसमेत रहेका दक्षिणी शहर किरात गाटका मेयर केफिर स्विसाले सोमबार भने , “पक्रउ गरेपछि मलाई प्रहरीले यस मामिलामा सोधपुछ गरिरहेको छ।”