काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चिलाउनेविरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाडौँमा सो कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।
चलाउनेले रु. दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ । अभियोगमा खरिदको कूल मूल्यसमेत गर्दा हुन आउने कूल रकम रु. एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला रु एक लाख १२ हजार ५०० का दरले हुन आउने रु. ५८ करोड ५६ लाख नौ हजार ५६८ बराबर रहेको छ ।
विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा रु. तीन करोड ५२ लाख गरी कूल रु. दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।







