काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।
सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनको न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।






