२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी अस्पताल र होटेल रोयल सिंगीमा खाद्य विभागको निरीक्षण, स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँले निजामती कर्मचारी अस्पतालस्थित सुम्मी किचन (क्यान्टिन) र होटेल रोयल सिंगी, कमलादीमा गरिएको निरीक्षणका क्रममा स्वच्छता र खाद्य गुणस्तरमा कमजोरी भेटिएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएको छ।

विभागका अनुसार निजामती अस्पतालस्थित सुम्मी किचनमा खाना पकाउने र सेवा क्षेत्रको सरसफाइ सन्तोषजनक नभएको, कीरा–फट्याङ्ग्रा नियन्त्रण नगरेको, खाना खुला रूपमा भण्डारण गरिएको, कामदारहरूले आवश्यक सुरक्षात्मक सामग्री जस्तै पन्जा (हात मोजा) र टाउको ढाक्ने आवरण प्रयोग नगरेको र व्यक्तिगत सरसफाइमा कमजोरी देखिएको पाइएको छ ।

त्यस्तै, होटेल रोयल सिंगीमा पनि सरसफाइको अवस्था कमजोर रहेको, खाना पकाउने क्रममा कृत्रिम रङ्गको प्रयोग गरिएको, कीरा–फट्याङ्ग्रा नियन्त्रण नगरेको, कामदारहरू आवश्यक रूपमा स्वच्छ पहिरन र स्वास्थ्य सुरक्षा मापदण्डमा नदेखिएको विभागले जनाएको छ।

विभागले दुवै प्रतिष्ठानका सञ्चालकहरूलाई तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिँदै नेपाल सरकारले तोकेको मानक कार्यविधि (एसओपी) अनुसार कार्य गर्न र स्वच्छता कायम राख्न सचेत गराएको छ। साथै, कीरा–फट्याङ्ग्रा नियन्त्रण नियमित रूपमा गर्न र अनुगमनका क्रममा फेला परेका कमजोरी दोहोरिन नदिन आग्रह गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार देशभरका होटेल, रेस्टुराँ, क्यान्टिन तथा सुपर मार्केटहरूमा अनुगमनलाई तीव्र पारिएको छ। विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै अनुगमन, सचेतना र आवश्यक कानुनी कारबाहीका गतिविधि निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।