२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलभित्र यात्रु जाँचमा ‘हातले छामछुम पार्ने’ तरिकामाथि उच्चस्तरीय आयोगले उठायो प्रश्न

अ+ अ-

काठमाडौँ । नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम पार्दै गरिने जाँचमा सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदनमा अन्तर्राष्ट्रिय विमानस्थलभित्र भन्सार निरीक्षण प्रक्रियामा प्रश्न उठाएको छ ।

‘आगमन कक्षमा हुने भन्सार निरीक्षण प्रक्रिया निकै असहज र अपनाइएका तरिका कतिपय अनावश्यक हुनुका साथै पर्यटकका लागि अस्वाभाविक रूपमा झन्झटिलो रहेको छ,’ आयोगले भनेको छ, ‘प्रत्येक यात्रुलाई हातले छामछुम गर्ने तरिका विदेशका मुख्य विमानस्थलहरूमा भन्सार सुरक्षाको अभ्यासमा देखिँदैन ।’

राजस्व असुलीलाई मात्र लक्षित गरी अपनाइएको यस्तो तरिका अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य सुरक्षा मापदण्ड अनुरूप नभएको आयोगको निष्कर्ष छ । अझ नेपालजस्तो पर्यटकीय मुलुकमा पर्यटकले भोगेका नकारात्मक अनुभवले मुलुकको अन्तर्राष्ट्रिय छवि प्रभावित भएको आयोगले जनाएको छ ।

एकातर्फ राजस्व चुहावट नियन्त्रणका लागि भन्दै पर्यटक र यात्रुलाई सास्ती दिने र अर्कातर्फ संस्थागत हुँदै गएको संगठित अपराध नियन्त्रण तथा निवारणमा उल्लेख्य भूमिका नदेखिनुको कारणमा समेत आयोगले प्रश्न गरेको छ ।

‘सामान्य यात्रुले आवागमनमा ब्यागेज क्लेम गर्दा सामानको सुरक्षा र टुटफुटमा कसैले पनि कारक तत्त्व पहिचान गरेको, गर्ने प्रयत्न गरेको वा जिम्मेवारी दिने गरेको समेत नदेखिएका सन्दर्भमा विशेष निगरानीको आवश्यकता देखिएको छ,’ आयोगले भनेको छ ।