२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा नबिल बैंकले कमायो १ अर्ब ७५ करोड खुद नाफा

अ+ अ-

काठमाडौँ । नबिल बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले तीन महिनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

यद्यपि बैंकले गत आवको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो जसको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा घटेको थियो ।

त्यसैगरी बैंकले असोज मसान्तसम्म ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको यसै अवधिसम्म बैंकले ४ अर्ब १४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस वर्ष बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ३२ करोड ८८ लाख रुपैयाँबाट घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँबाट घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा झरेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २९.८३ रुपैयाँबाट घटेर २५.४९ रुपैयाँमा झरेको छ भने खराब कर्जा (एनपीएल) १.४२ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको छ। बैंकले ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको वित्तीय विवरणमा उल्लेख छ ।