२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य बैंकहरूको नाफामा गिरावट

अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनासम्म आइपुग्दा बैंकको नाफा उल्लेख्य घटेको हो ।

बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

चालू आवको तीन महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले नाफा कमाएको छ । सो अवधिमा यस बैंकले १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।

ग्लोबलले सर्वाधिक नाफा कमाउँदा अन्य १४ बैंकको भने नाफामा गिरावट आएको छ । ग्लोबलसहित पाँच वटा बैंकको नाफा बढ्दा यो अवधिमा सिटिजन्स बैंकले २२ करोड ४ लाख नोक्सानी व्यहोरेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्म पाँच बैंक अर्ब क्लबमा पुगेका छन् । यो अवधिमा एक अर्ब भन्दा बढी नाफा कमाउनेहरूमा ग्लोबलसहित नबिल बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कुमारी बैंक रहेका छन् ।