२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखराज भट्टको घोषणा : ‘ओली नै भावी अध्यक्ष र प्रधानमन्त्री’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पारेका छन्।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको चौतारी खुल्ला संवादमा उनले सरकारको रवैया, प्रहरीको खस्कँदो मनोबल र बाहिर रहेका हतियारहरूका कारण अहिले निर्वाचन हुने अवस्था नरहेको बताएका हुन् ।

‘२ हजारभन्दा धेरै प्रहरीका हतियार खोसिएका थिए १२ सय हतियार र एक लाख भन्दा बढी बुलेट बाहिर छ । कस्तो मान्छेको हातमा हतियारमा पुगेको छ । त्यसैमाथि प्रहरीको मनोबल बढ्न सकेको छैन ’ उनले भने ‘सरकारले मात्रै भन्दैमा अहिले निर्वाचन हुने अवस्था छैन ।’

नेपाल प्रहरीलाई सशक्त नबनाउँदासम्म र पुराना पार्टीहरूलाई बाहिर राखेर छलफल नै नगरी निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त नियुक्ति हुन भइरहेको ढिलाइ निर्वाचन समयमा नहुने संकेत रहेको भट्टले बताए ।

उनले अहिलेको सरकार नै असंवैधानिक रहेको भन्दै संविधान विघटनको अधिकार सरकारसँग नरहेको दाबी गरेका छन् । जटिल अवस्थामा प्रधानमन्त्रीको व्यवस्था सांसदभन्दा बाहिरबाट हुने गरी संविधान संशोधन नगरेर बनाइएको प्रधानमन्त्रीको औचित्य नरहेको उनले बताएका छन् ।

‘संसद् विघटन गर्ने जिम्मा यो सरकारलाई छैन । विशिष्ट परिस्थित भएको हुँदा संविधान संशोधन गरेर सांसदबाहेकका जो व्यक्ति पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने उल्लेख गर्नु पर्ने थियो त्यसो नगरी सरकार बनाएर असंवैधानिक काम भएको छ, त्यसैले पार्टीले पुनर्स्थापनाको माग उठाएको हो ’ भट्टले भने। २४ गतेको आन्दोलनलाई ढाल बनाई २३ गतेकै घटनालाई योजनाबद्ध रूपमा सञ्चालन गरिएको उनको दाबी थियो ।

‘२४ गतेको विनाश निम्त्याउनकै लागि २३ को षड्यन्त्र गरियो, ’ उनले भने, ‘यो कुनै स्वतःस्फूर्त आन्दोलन होइन, पुस्ताको नाममा गरिएको विध्वंस हो । ’

भट्टले जेन जेड पुस्ताको नाममा हिंसा भड्काउने र स्कुल ड्रेसमा विद्यार्थीहरूलाई सडकमा उतार्नुको पछाडि विभिन्न स्वार्थ लुकेको आरोप लगाए । उनले भने, ‘जेन जेड पुस्ताको माग सुशासन र भ्रष्टाचारविरुद्ध थियो, तर त्यसलाई गलत दिशामा मोडियो। ’

सुदन गुरुङको भूमिका माथि प्रश्न गरेका उनले छानबिन आयोग पनि पूर्वाग्रही भएको आरोप लगाए । भ्रष्टाचार गरेको भए कानुनी कारबाही भोग्न तयार भएको भन्दै उनले आफ्नो व्यक्तिगत र पैतृक सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गर्नेहरू कानुनी दयरामा आउनु पर्ने बताए ।

आगामी महाधिवेशनको तीव्र तयारी रहेको भन्दै वर्तमान अध्यक्ष केपी शर्मा ओली लेनै फेरि एक पटक पार्टीको नेतृत्व गर्ने उनको भनाइ थियो।

‘अबको प्रधानमन्त्री र ११ महाधिवेशनमार्फत अध्यक्ष पनि केपी शर्मा ओली नै हुने भन्ने विधान महाधिवेशनको सन्देश हो’ उनले भने, ‘ सहमति गर्ने कि लोकतान्त्रिक विधि भन्नेबारे छलफल भएको छैन ।’ विभिन्न देशी विदेशी शक्तिहरू एमालेमाथि खनिए पनि जनताको भरोसा अझै पार्टीमा रहेको उनको भनाइ थियो ।

‘एमाले माथि दशकौँदेखि प्रहार हुँदै आएको छ । कमजोर पार्न नसकेपछि हिंसा भड्काउने खेल भयो । तर एमाले सचेत छ, देश सकाउने योजना सफल हुन दिइने छैन’ भट्टले भने । उनले पार्टी अब ग्रामीण विकास, सुशासन र समृद्धिको एजेन्डा लिएर अघि बढ्ने बताए ।

आयात घटाई निर्यात बढाउने, युवा उद्यम र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिए । प्रेस चौतारीका प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा गरिएको खुल्ला संवादको सहजीकरण प्रदेश महासचिव भानुभक्त आचार्यले गरेका थिए ।कार्यक्रममा भट्टसहित एमाले केन्द्रीय पोलिटब्युरो सदस्य नारदमुनी राना र प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी लगायतको सहभागी रहेको थियो ।