२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेडहरु आफ्नै अगाडि गृहमन्त्रीलाई फोन गरेर गाली दिने गरेको महेश बस्नेतको दाबी

अ+ अ-

काठमाडौँ । एमाले नेता महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल जेनजीहरुसँग निरीह बनिरहेको टिप्पणी गरेका छन् । आफ्नै अगाडि जेन जेडहरुले गृहमन्त्रीलाई फोन गरेर गाली दिने गरेको उनको दाबी छ ।

आज एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले जेन जेड युवाहरू आफूलाई भेट्न अनुहारमा मास्क लगाएर आउने गरेको बताए ।

उनले भने, ‘जेनजीहरु आउनुहुन्छ, बडो रमाइलो लाग्छ उहाँहरूको स्टाइल देखेर । कोठाभित्र पनि क्याप, मास्क, लगाएर बस्नुहुन्छ । मास्क खोले हुन्छ नि भन्दा हामी गम्भीर संकटमा छौँ भन्नुहुन्छ । यति आतंकित बनाइएको छ बिचराहरूलाई ।’

बस्नेतले जेन जेडहरुले गृहमन्त्रीलाई फोन गरेर गाली दिने गरेको र गृहमन्त्री निरीह बन्ने गरेको बताए ।

‘हाम्रै अगाडि फोन गर्नुहुन्छ । यस्तो गाली दिनुहुन्छ कि निरीह छन् बिचरा । फेरि उनको एसएमएस आउँछ । के भद्र खनाल रे ? अजय भद्र खनाल । विवेकशील पार्टीका नेता । उहाँलाई कन्ट्याक्ट गर्नुस्, खास योजना बनाउनुस्, बालेन र सुधन गुरुङ अति भएका छन्, उनीहरूलाई तह लगाउनुस् भनेर आउँछ म्यासेज । जेनजीले दाइ हेर्नुस् भनेर मलाई देखाउँछन् । मेरो आवाज अलि पुगेन, केपी ओली र महेश बस्नेतलाई थुन्नपर्छ भनेर माग गर्नुस् पनि भन्दा रहेछन् । यस्ता लठ्याङ्ग्रे गृहमन्त्री भएका देशमा सुशासनको आशा गर्ने ?’ उनले भने ।

बस्नेतले जेन जेड आन्दोलनमा शेरबहादुर देउवालाई गम्भीर घाइते बनाउने र केपी ओलीलाई सिध्याउने योजना बनाइएको पनि दाबी गरे । ५ मिनेट ढिला भएको भए ओली नजोगिने उनको भनाइ छ । ओलीलाई गुण्डुमा राखिएपछि पनि उनीविरुद्ध आपराधिक योजना बनाइएको बस्नेतले बताए ।

उनले थपे, ‘युवाहरूले आपराधिक योजनाहरू विभिन्न ढंगले बनाएका थिए । असोज ११ गते हामीले खासमा ‘चियापन’ गरेको होइन, प्रतिरोधै गरेको हो । हामी दशैं, तिहार, चियापन गरेर खुसी मनाउने मुडमै थिएनौ । मैले हामीलाई मार्न आउँछु भनेर योजना बनाउने लुसिफरहरुलाई किमा बनाउँछु भनेकै हो । त्यही भन्न त्यो कार्यक्रम गरेको हो । तर, उनीहरू आएनन् ।’