२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० दिनको जेल बसाइपछि फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी रिहा

अ+ अ-

एएफपी । पूर्व राष्ट्रपति निकोलस सार्कोजी जेलबाट रिहा भएका छन् । उनी  २० दिनको जेल बसाइलाईबाट बहिरा निस्केका हुन् । सार्कोजीस्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे पेरिसको ला सान्टे कारागारबाट पूर्व राष्ट्रपति सार्कोजीलाई रिहा गरिएको एक स्रोतले एएफपीसँग बताएको छ। 

सत्तरी वर्षीय पूर्व राष्ट्रपतिले आफूमाथि लागेका आरोपमा कुनै सत्यता नभएको र यसबारे आफू अनभिज्ञ नै रहेको सुनुवाइका क्रममा बताएका थिए । जेलबाट छुटेपछि उनलाई एउटा रंगीन झ्याल भएको कारमा निवासतर्फ लागिएको थियो भने प्रहरीले उनलाई मोटरसाइकलबाट सुरक्षा दिएका थिए ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रप्रमुख रहेका दक्षिणपन्थी राजनीतिज्ञलाई गत सेप्टेम्बरमा तल्लो अदालतले मोहमर गद्दाफीको लिबियाबाट रकम प्राप्त गर्न खोजेको आरोपमा दोषी ठहर गरेको थियो ।

उनी अक्टोबर २१ मा जेल परेका थिए । उनका वकिलहरूले उनको द्रुत रिहाइको माग गर्दै निवेदन दिएका थिए।पुनरावेदन मुद्दाको अर्थ सार्कोजी अब फेरि निर्दोष भएको अनुमान गरिएको छ।

सोमबार अदालतमा सार्कोजीको अनुरोधको जाँचका क्रममा अभियोजनकर्ताहरूले मार्चमा हुने पुनरावेदन सुनुवाइ अघि सार्कोजीलाई रिहा गर्न माग गरेका थिए।

सार्कोजीको प्रतिरक्षा टोलीका एक सदस्य क्रिस्टोफ इन्ग्रेनले आफ्नो सेवाग्राहीको रिहाइलाई ‘एक कदम प्रगति’ भनेर स्वागत गरेका छन्। सोमबार अदालतको सुनुवाइको क्रममा पूर्व नेताले जेलबाट भिडियो कलमार्फत आफ्नो कारावासको बारेमा बोलेका थिए ।

उनले भने, ‘यो कुनै पनि कैदीको लागि गाह्रो छ। धेरै गाह्रो छ। यो धेरै कठिन छ।’ उनले रिहाइपछि जेलका कर्मचारीहरूलाई धन्यवाद दिए। उनले भने, मलाई उनीहरूले असाधारण मानवता देखाए र यो दु:स्वप्नलाई सामान्य बनाउन मद्दत गरे।