२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच सचिवको सरुवा, राजश्वमा बराल

अ+ अ-

काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय तथा प्रदेश मन्त्रालयका पाँच सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त विवरण अनुसार लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। त्यस्तै, बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराललाई अर्थ मन्त्रालयमा राजश्व सचिवका रूपमा पठाइएको छ।

बराल तुलनात्मक रूपमा कनिष्ठ सचिव भए पनि राजश्व प्रशासनमा अनुभव र जोडबलका कारण उनलाई सो पदमा ल्याइएको बताइएको छ। राजश्व क्षेत्रमा बरालको पूर्वसम्बन्ध र सक्रियताका कारण पनि यो जिम्मेवारी उनको पक्षमा जुरेको सचिवहरूले बताएका छन्।

त्यसैगरी, लामो समयदेखि बढुवा भएर पनि पदस्थापन हुन बाँकी रहेका अतिरिक्त सचिव कृष्ण प्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा खटाइएको छ। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (अतिरिक्त) मा राखिएको छ।

यसैबीच, वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

पछिल्लो समय केही वरिष्ठ अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत मन्त्रालयभित्र चर्चा भइरहेको छ।