काठमाडौँ। एमालेका पूर्व सांसद एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले रिहा गरेको छ ।
मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतबाट उनी छुटेका हुन् । सरकारी वकिलको आदेश अनुसार उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ ।
११ कात्तिकमा भट्टचन ललितपुरबाट पक्राउ परेका थिए । उनीमाथि सीआईबीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको थियो । ठाकुरप्रसाद मानन्धरले उनीलगायतविरुद्ध जाहेरी दिएका थिए ।







