२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१ करोड बराबरका भन्सार छलीका सामानसहित २ जना पक्राउ

अ+ अ-

काठमाडौँ । कैलालीको धनगढीस्थित उत्तरबेहडीबाट करिब एक करोड बराबरका भन्सार छलीका समान बरामद भएका छन् ।

भन्सार छलीका उक्त सामानसहित २ जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी इलाकाबाट मंगलबार ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित दुई जनालाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिइएकाहरू सोही उपमहानगरपालिका-१९ खेदा बस्ने ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भारत घर बताउने २५ वर्षीय आसुतोष कुमार गुप्ता छन् ।

चौधरीले सुदूरपश्चिम प्रदेश ०१-००८ प ५१३२ नम्बरको मोटरसाइकलमा राखी भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोबाइलका पार्ट्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स व्यरोको सूचनाको आधारमा सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो ।

चौधरीले भातरबाट अवैध रूपले ल्याएको मोबाइलका पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएका थिए ।

सो पश्चात् प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्ट्सहित सप्लायर्सका सञ्चालक आसुतोष कुमार गुप्तालाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।