२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमेश लेखकले भने : ‘काँग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधि सभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले २१ फागुनका लागि तय भएको निर्वाचनलाई काँग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

‘निर्वाचनको बारेमा व्यापक चर्चा भएको छ । छलफल भएको छ,’ उनले भने, ‘म के आग्रह गर्न चाहन्छु भने अहिलेको परिस्थितिमा निर्वाचन नै पहिलो प्राथमिकतामा काँग्रेसले राख्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।’

वर्तमान सरकारको गठन र संसद् विघटनलाई संवैधानिक र लोकतान्त्रीकरणका लागि निर्वाचन र संसद् पुनर्स्थापना गरी दुई वटा विकल्प भए पनि काँग्रेस संसद् पुनर्स्थापनातिर जान नहुने लेकको भनाइ थियो ।

‘अहिले हामी संसद् विघटन अथवा यो सरकारको गठन असंवैधानिक र अलोकतान्त्रिक हो भनिरहेका छौँ,’ उनले भने, ‘यसलाई संविधानसम्मत र लोकतान्त्रीकरण गर्ने दुई वटा उपाय छन्, एउटा निर्वाचन, अर्को पुनर्स्थापना । तर, काँग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

केन्द्रीय सदस्य लेखकले महाधिवेशनका लागि महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले बैठकमा गरेका दुवै प्रस्तावलाई मिलाएर एउटा कार्यतालिका बनाएर जानुपर्ने पनि बताए ।

‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । त्यसका लागि कुनै न कुनै विकल्प निकालौँ,’ उनले भने, ‘अथवा दुई वटा क्यालेन्डर आएको छ, दुई वटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जानेतिर काम गरौँ ।’