२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा मन्त्री बनेकी कञ्चन विच्छालाई सांसद र पार्टीबाट हटाउन सिफारिस

अ+ अ-

काठमाडौँ । पार्टीलाई नसोधीकन मन्त्री बनेकी कन्चन विच्छालाई कारबाहीका लागि राप्रपाको अनुशासन समितिले सिफारिस गरेको छ ।

आज बसेको समितिको बैठकले विच्छालाई सांसदबाट हटाउन र पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गर्न पार्टीलाई सिफारिस गरेको हो ।

विवादास्पद ढंगले मुख्य मन्त्री बनेका एमालेका सरोज यादवले कञ्चनलाई विना विभागीय मन्त्रीको शपथ खुवाएका थिए । त्यस लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई उनले फिर्ता हुन सामाजिक सञ्जालबाटै निर्देशन दिए । साथै अनुशासन समितिले उनलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

विच्छाले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि रोशन कार्कीको अध्यक्षतामा बसेको समिति बैठकले कारबाहीका लागि सिफारिस गरेको हो । समितिको सिफारिस अनुसार चाँडै कार्यसम्पादन समितिको बैठक बसेर कारबाहीको निर्णय लिइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।