काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज ३.३१ अंकले वृद्धि भएर बन्द भएको छ। नेप्से परिसूचक ३.३१ अंकले बढेर २५४३.८८ विन्दुमा पुगेको छ।
यो समयमा ३५ वटा स्क्रिप्सको ४ हजार ६५६ कित्ता सेयर २५ लाख ५ हजार ६४६ रुपैयाँमा खरिदबिक्री भएका छन्।
प्रि-ओपन सेसनमा कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घटेको छ । १ स्टकको मूल्य भने स्थिर रहेको छ ।







