२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुव्यवस्थासहित निर्वाचनको वातावरण तयार गर्न प्रहरी प्रशासन प्रतिबद्ध

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा मध्यतराईस्थित रौतहट जिल्लाको सुरक्षासुव्यवस्था चुस्त दुरुस्त, व्यवस्थित र भरपर्दो रहेको रौतहट प्रहरीले दाबी गरेको छ ।

जिल्लाको समग्र सुरक्षा व्यवस्थालगायतका विषयमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा प्रहरी नेतृत्वले सहयोग र सहकार्यसहित शान्ति सुव्यवस्था कायम गरी जनताको जिउधनको सुरक्षा गर्न जिल्ला प्रहरी प्रशासन सफल रहेको भनी दाबी गरेको हो ।  

जिल्लाको बढ्दो जनसङ्ख्या, साक्षरता दरमा कमी र बेरोजगारी समस्या, भारत–विहारतर्फको खुला सिमानाका कारण सिर्जित समस्याका कारण चुनौतीपूर्ण अवस्थामा रहेको सुरक्षा व्यवस्था सुनिश्चित गर्ने अभियानमा साथ दिन रौतहट प्रहरीले आमसञ्चारकर्मीसहित सम्पूर्ण जिल्लावासीसँग अनुरोधसमेत गरेको छ ।  

सो अवसरमा रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रवीन कार्कीले चोरी-तस्करी, लागुऔषध कारोबार, महिला तथा घरेलु हिंसा, सामाजिक अपराध, दलाली तथा बिचौलियालगायतका समस्याको न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अन्य सुरक्षा संयन्त्रसहित स्थानीय समुदायसँग सहकार्य गरिरहेको जानकारी दिए।

उनले सिसिक्यामरा जडान तथा निगरानी, सूचनासम्बन्धी डिजिटल व्यवस्थापन, साइवर अपराध नियन्त्रण, प्रविधिमा आधारित अनुसन्धान तथा जाँचबुझ कार्यलाई प्राथमिकता दिँदै सूचना र प्रविधिको द्रुततर विकाससँगै भित्रिएका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासन सक्रिय रहेको स्पष्ट गरे ।

सञ्चारकर्मीहरूको जिज्ञासामा जिल्ला प्रहरी प्रमुख कार्कीले निर्वाचन कार्यक्रम घोषणा भइसकेको अवस्थामा शान्ति सुव्यवस्था कायम गरी निर्वाचनको वातावरण तयार गर्नुपर्ने दायित्वसमेत सुरक्षा संयन्त्रलाई थपिएको उल्लेख गर्दै जिल्लाको शान्ति सुरक्षासहित अमनचयन कायम गर्न अहोरात्र खटिएको प्रहरी संगठनलाई सहयोग गर्न सम्पूर्ण जिल्लावासीसँग अनुरोध गरे ।