१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुडानमा ड्रोन आक्रमणबाट १९ सर्वसाधारणको मृत्यु, २० भन्दा बढी घाइते

अ अ+ अ-

काठमाडौँ । सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यका दमाजिन र अल–रोसेरेस शहरमा भएका ड्रोन आक्रमणमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । 

प्रत्यक्षदर्शी र स्वयंसेवी समूहकाअनुसार मंगलवार बिहानदेखि शुरु भएका आक्रमण साँझसम्म जारी रहेका थिए । दमाजिनमा साँझको समयमा चारवटा ड्रोनले आवासीय क्षेत्रमा आक्रमण गर्दा धेरै हताहती भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

स्वयंसेवी मानव अधिकार समूह ‘इमर्जेन्सी लयर्स’ले मंगलवार साँझ दमाजिनका विभिन्न बस्तीमा भएको आक्रमणमा १९ जनाको मृत्यु र १५ जना घाइते भएको जनाएको छ । मृत्यु हुनेमा तीन परिवारका सदस्य तथा छ महिला रहेको समूहले उल्लेख गरेको छ । त्यस्तै, अल–रोसेरेसमा रहेका बाँध, विद्युत् उत्पादन केन्द्र तथा विद्युतीय संरचनालाई पनि ड्रोनले निशाना बनाएको समूहले जनाएको छ । समूहले आक्रमणका लागि अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई जिम्मेवार ठहर गरेको छ ।

 आवासीय क्षेत्र र अत्यावश्यक पूर्वाधारमा आक्रमण हुँदा सर्वसाधारणको जीवन जोखिममा पर्ने र आधारभूत सेवामा अवरोध पुग्ने भन्दै उसले चिन्ता व्यक्त गरेको छ । यसैबीच, स्वयंसेवी संस्था ‘सुडान डक्टर्स नेटवर्क’ले पनि आक्रमणमा आरएसएफ संलग्न रहेको आरोप लगाएको छ । उक्त संस्थाकाअनुसार आक्रमणमा १७ जना सर्वसाधारणको मृत्यु भएको र १४ भन्दा बढी घाइते भएका छन् । 

संस्थाले पीडितहरू आफ्नै घरभित्र र आसपासका क्षेत्रमा आक्रमणमा परेको जनाएको छ । लक्षित क्षेत्र आवासीय बस्ती रहेको पुष्टि भएको उल्लेख गर्दै उसले संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघीय मानव अधिकार परिषद् र सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई स्वतन्त्र अनुसन्धान गर्न, घटनाको अभिलेखीकरण गर्न तथा दोषीलाई जवाफदेही बनाउन आग्रह गरेको छ ।

 सुडानमा सन् २०२३ अप्रिलदेखि सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच सशस्त्र द्वन्द्व जारी छ । उक्त द्वन्द्वका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन् । विस्थापितमध्ये केही देशभित्रै र केही देशबाहिर शरण लिन बाध्य भएका छन् । 

0 Comments