काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो सातामा नेप्से परिसूचक १.२० अंकले घटेर २५५९.८८ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार प्रि-ओपन सेसनमा ४३ स्क्रिप्सको ४ हजार ८०५ कित्ता सेयर २७ लाख ४३ हजार ८०२ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १३ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







