काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ५० वटा दुई पाङ्ग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
एक समारोहकाबीच ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका दुई पाङ्ग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको हो ।
आफ्नो सवारी फिर्ता पाए पछि सवारी धनीहरूले केक काटेर ट्राफिकलाई धन्यवाद दिएका छन् ।







