२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद मुबारक जर्वान अल शम्सीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, श्रम, आर्थिक तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 

उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच आपसी विश्वास, मित्रता र सहयोगका आधारमा सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गरे ।

सन् २०२५ अप्रिलमा युएईका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री शेइख अब्दुल्ला बिन जायेद अल नाह्यानले गरेको नेपालको भ्रमणलाई द्विपक्षीय सम्बन्धको इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्दै राजदूत शम्सीले यस्ता भ्रमणले दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले रमजान महिनाका अवसरमा यस वर्ष युएई सरकारले २८६ नेपाली नागरिकलाई प्रदान गरेको आममाफीप्रति आभार व्यक्त गर्दै नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराइएकामा युएई सरकारलाई धन्यवाद दिए। सूचना प्रविधि, इञ्जिनियरिङ, स्वास्थ्य सेवा, होटेल व्यवस्थापनलगायत क्षेत्रमा अर्ध–दक्ष तथा दक्ष नेपाली श्रमिकको माग बढ्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे ।

नेपाल र युएईबीच आर्थिक सहकार्य विस्तारको सम्भावना रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन तथा खानेपानीको क्षेत्रमा सहकार्य अघि बढाउन सकिने बताए । नेपालले लगानीका लागि कानुनी तथा संस्थागत तयारी पूरा गरेको र प्राथमिक क्षेत्रमा विदेशी लगानीलाई स्वागत गर्ने उनको भनाइ थियो ।

भेटमा राजदूत शम्सीले नेपाल र नेपालीप्रति युएईको आत्मीयता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा युएईलाई नेपालले दिएको सहयोगप्रति आभार व्यक्त गरे । 

“युएई नेपाली श्रमिकका लागि नेपालमै सीप विकास केन्द्र खोल्न तयार छ”, राजदूत शम्सीले भने, “युएई ऊर्जा, प्रविधिलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक छ ।”