२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचारविरुद्ध  ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने

अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भ्रष्टाचारविरुद्ध युवाशक्ति अर्थात् ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने भएको छ ।

सुशासनको सुनिश्चितता बिना कुनै पनि देशमा न्याय र विकास हासिल भएको छैन । त्यसकारण, हामी पार्टीभित्र सुशासनको उच्चतम अभ्यास गर्दै देशमा सुशासन कायम गर्न अग्रसर हुनेछौँ ।

‘देशमा सुशासन हासिल गर्न मूलतः युवाको अगुवाइमा ‘भ्रष्ट्राचार विरुद्ध युवाशक्ति (एन्टिकरप्सन युथ फोर्स)’ गठन गरिने छ,’ आइतबार आयोजित पार्टी एकता समारोहमा प्रस्तुत पार्टीको राजनीतिक प्रतिबद्धता मस्यौदामा भनिएको छ ।

यो फोर्सले भ्रष्ट लगायतविरुद्ध सामाजिक बहिष्कार अभियान चलाउने प्रलोपाले उल्लेख गरेको छ ।

‘यो फोर्सले भ्रष्टाचारी, कालोबजारी, बलात्कारी, मानव बेचबिखान, गुण्डार्दी लगायतको क्रिमिनल प्रोफाइल तयार गर्ने, सामाजिक सञ्जालमा एक्पोज अभियान सञ्चालन गर्ने, सामाजिक बहिष्कार अभियान चलाउनेलगायत सुशासनका क्षेत्रमा प्रवर्द्धनात्मक, निरोधात्मकदेखि आवश्यकताअनुसार जुझारु कार्यक्रमहरू सञ्चालन गरिनेछ,’ मस्यौदामा उल्लेख छ ।

आइतबार डा. बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँ शक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरिएको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी र रास्वपा परित्याग गरेका विघटित प्रतिनिधिसभा सदस्य सन्तोष परियार नेतृत्वको टोली लगायतसँग एकता घोषणा गरिएको छ ।