काठमाडौँ । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा एकल चिह्नमा चुनाव लड्ने भएका छन् ।
जसपा अध्यक्ष अशोकुमार राई, नाउपा संरक्षक रेशमलाल चौधरी र रामुपा अध्यक्ष राजेन्द्र महतोबीच जाँतो (चकिया) चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति भएको हो ।
‘आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौँ, ‘सहमति पत्रमा लेखिएको छ, ‘एकल चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौँ ।’
ती पार्टीले आफूहरूसँग विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन् ।







