काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि-२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिएकी छिन् । श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो ।
“दृष्टिविहीन महिला टि-२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ । फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका बाबजुद विश्वमा नेपाल र नेपालीको शिर उच्च राख्ने टिमलाई हार्दिक बधाई”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।
विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।







