२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा खाद्य विभागको छड्के निरीक्षण : महालक्ष्मी दालमोठ उद्योग सील

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाभरका खाद्य उत्पादन तथा बिक्री-वितरण स्थलमा गरिएको छड्के निरीक्षणका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गम्भीर स्वच्छता उल्लङ्घन गर्ने एक उद्योगको उत्पादन तथा बिक्री पूर्णरूपमा रोक्का गरेको छ। विभागले महालक्ष्मी दालमोठ उद्योग (चन्द्रागिरि–१२, काठमाडौँ) मा भेटिएका तथ्य सार्वजनिक गरेको हो।

अनुगमन टोलीका अनुसार उद्योगको बाह्य परिसर सामान्य रूपमा सफा देखिए पनि भित्री संरचना अत्यन्तै खराब अवस्थामा रहेको पाइएको छ। उत्पादन तथा प्रशोधन स्थलमा भुइँ, भित्ताजस्ता आधारभूत सतहहरू अव्यवस्थित, खुला र अत्यधिक फोहोर रहेको उल्लेख छ। कामदारहरूको व्यक्तिगत सरसफाइ तथा उद्योगमा आवश्यक पेस्ट कन्ट्रोल व्यवस्था पनि सन्तोषजनक नभएको निरीक्षण प्रतिवेदनमा उल्लेख छ।

उद्योगमा भण्डारण तथा सामग्री व्यवस्थापन सामान्य रूपमा भए पनि परिसरमै अजन्ता ब्रान्डको ‘फुड कलर’ पाइएकाले दालमोठ फ्राइ गर्ने प्रक्रियामा त्यसैको प्रयोग भएको विभागले पुष्टि गरेको छ। नेपालमा अनधिकृत वा अवैज्ञानिक रूपमा प्रयोग गरिने खाद्य रङ स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ।

अनुगमन क्रममा उद्योगमा भण्डारण गरी राखिएका १०२ बोरा दालमोठ (प्रत्येकमा २५ पाकेट × ६०० ग्राम) तत्कालका लागि रोक्का राखिएको र अर्को आदेश नआएसम्म बिक्री–वितरण पूर्णरूपमा बन्द गराइएको विभागले स्पष्ट गरेको छ। उक्त उत्पादनको जिम्मेवारी भने उद्योगकै नाममा राखिएको छ।

दुई दिनभित्र उद्योगसँग सम्बन्धित सबै कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार थप कारबाही प्रक्रियामा जाने तयारी गरेको जनाएको छ।