२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गर्दै गोलबजार नगरपालिका

अ+ अ-

सिरहा । यहाँको गोलबजार नगरपालिकाले स्थानीय कृषकहरूको कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले उन्नत जातको गहुँको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले कुल लागतको ५० प्रतिशत अनुदानमा किसानर्लाइ गहुँको बीउ बाँड्न लागेको  हो । 

नगरपालिकाका कृषि शाखा प्रमुख वीरेन्द्रकुमार यादवका अनुसार इच्छुक किसानले नागरिकता, जग्गाधनी प्रमाणपत्र र आवेदन फारमसहित कृषि शाखामा यही मङ्सिर १६ गतेसम्म सम्पर्क गर्न सक्नेछन् । नगरपालिकाले वितरण गर्न लागेका गहुँका उन्नत जातहरूमा गौतम, विजय र एलएली–९७१ रहेका छन् । प्रतिकिलो रु ८२ पर्ने यी बीउको आधा रकम मात्रै किसानले तिर्ने पुग्नेछ । 

नगर प्रमुख श्यामकुमार श्रेष्ठले धान थन्काएर गहुँ खेती गर्ने तयारीमा रहेका किसानलाई कृषि उत्पादनमा प्रोत्साहन गर्न र बीउ तथा मल खरिदमा किसानले बेहोर्ने समस्यालाई कम गर्न अनुदानमा बीउ वितरण गर्न लागिएको बताए ।

उनले थपे, “किसानलाई कृषि पेसामा रहन प्रोत्साहन मिल्नुका साथै उन्नत बीउ लगाउँदा उत्पादन बढ्ने अपेक्षा छ । यसले नगरभित्रको खेतीयोग्य जमिनमा गहुँबाली लगाउन किसानलाई ठूलो सहयोग पुग्नेछ ।”