काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन्।
जसपासहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै हिजो धादिङको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा जनताको उपस्थिति उत्साहजनक भएको बताए।
उनले भने, ‘हिजो धादिङमा राजेन्द्र पाण्डेजी र मैले बोलेका थियौँ। त्यहाँ जनताको उमंग र उपस्थिति हेर्ने हो भने अभूतपूर्व थियो। त्यसले धादिङमा मात्रै होइन देशै भरी पनि त्यसले शक्तिशाली सन्देश गइसकेको छ। यो एकता कुनै लहड र आवेगमा गरेको अभियान होइन।’
उनले देश अफ्ठेरो अवस्थामा रहेको भन्दै त्यसको रक्षाको लागि भएको बताए। उनले भने, ‘यो एकता चुनाव आउँदै छ, जित्नको लागि होइन, राष्ट्रको स्वाधीनताको रक्षा गर्न, जनताको सार्वभौम सत्ताको रक्षा गर्ने उद्देश्यको साथ बलियो तागत निर्माण गर्ने अभियान हो।’







