२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेडहरूसँगको सम्झौतामा काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जेडहरूसँग हुन लागेको सम्झौताको मस्यौदामा सक्रिय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री कार्कीलाई भेट्न जेन जेड प्रतिनिधिहरू पुगेका थिए । सो क्रममा उनीहरूले मस्यौदाको काम कहाँ पुग्यो ? भन्दै चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार, आगामी सोमबारसम्म अन्तिम रूप दिने गरी मस्यौदाको ड्राफ्टमा काम भइरहेको छ । उक्त काममा सक्रिय भएर खट्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।

‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस् । पर्सि आइतबार दिनभर लागे लागोस्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

सो क्रममा हस्ताक्षर गरेकै आधारमा आफूले जेजे भोग्नपरे पनि भोग्न तयार रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

‘जेजे हेर्नुपर्छ हेर्नुपर्छ, हेर्नुहोस्, सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ,’ उनले भनिन्, ‘अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला ।’

आफूले मात्रै नभई आफ्नो मन्त्रिपरिषद् पनि त्यसको जिम्मेवारी लिने प्रधानमन्त्री कार्कीको भनाइ थियो । विशेष गरी सो मस्यौदामा कर्मचारी प्रशासनले काम गर्न ढिला गरेकोप्रति प्रधानमन्त्री कार्कीको गुनासो रहेको छ ।