२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित

अ+ अ-

एएफपी । अफ्रिकी युनियन (एयु) ले गिनी–बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई संगठनबाट निलम्बन गर्ने निर्णय गरेको छ । एयुले असंवैधानिक कदमप्रति आफ्नो शून्य सहिष्णुता दोहोर्‍याउँदै संवैधानिक शासन पुन:स्थापित नहुञ्जेलसम्म गिनी–बिसाउलाई सबै गतिविधिबाट यथाशीघ्र निलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

शुक्रबार एयु शान्ति तथा सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव अनुसार ‘सरकारका असंवैधानिक परिवर्तनहरूमा शून्य सहिष्णुता’ नीति पुनः पुष्ट्याइयो । सोही आधारमा गिनी–बिसाउ गणतन्त्रलाई एयु, यसको अंगसंस्था तथा निकायहरूका सबै कार्यक्रम र निर्णय प्रक्रियामा सहभागी हुन नदिने निर्णय तत्क्षण प्रभावसहित लागू गरिएको परिषद्को भनाइ छ ।

विश्वका अत्यन्तै गरिब राष्ट्रहरू मध्ये पर्ने गिनी–बिसाउ पछिल्लो पाँच दशकदेखि निरन्तर कू र कू प्रयासले अस्थिर रहँदै आएको छ । पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको करिब ५० वर्षपछि पनि देशमा राजनीतिक अस्थिरता गहिरिँदै गएको विज्ञहरूको आकलन छ । करिब २२ लाख जनसङ्ख्या रहेको यो देश ल्याटिन अमेरिका र युरोपबीचको लागूपदार्थ तस्करीको मुख्य मार्गका रूपमा परिचित भइरहेको छ, जसले राजनीतिक संकटलाई झनै बढाएको विश्लेषण गरिन्छ ।

पश्चिम अफ्रिकी क्षेत्रीय ब्लक ‘इकोवास’ ले पनि बिहीबार गिनी–बिसाउलाई संवैधानिक शासन पुन:स्थापना नहुँदासम्म निर्णय तहहरूबाट निलम्बन गरेको थियो । राष्ट्रपति तथा विधायी चुनाव सम्पन्न भएको केही दिनपछि बुधबार सैन्य अधिग्रहण भएको थियो । सो चुनावपछि वर्तमान राष्ट्रपति उमरो सिसोको एम्बालो र विपक्षी नेता फर्नान्डो डायस दुवैले आफू विजयी भएको दाबी गरेका थिए, जसले राजनीतिक तनावलाई अझ चर्काएको बताइन्छ ।

राष्ट्रपति एम्बालो सेनेगल सरकारले भाडामा उपलब्ध गराएको उडानमार्फत बिहीबार छिमेकी सेनेगल आइपुगेका थिए । कूपछि गिनी–बिसाउको सैन्य उच्च कमान्डले पूर्व सेना प्रमुख जनरल होर्टा इन्टा-ए-लाई सैन्य सरकार प्रमुखका रूपमा औपचारिक रूपमा स्थापित गरेको राज्य टेलिभिजनले प्रसारण गरेको छ । उनको नेतृत्वमा एक वर्ष लामो सङ्क्रमणकाल सञ्चालन गरिने बताइएको छ ।